महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस | Khabarhub Khabarhub

महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण काम गर्दै आएको छ ।

माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको छ ।

केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

आविष्कार केन्द्रका संस्थापक पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका हुन् । उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा राखिएका छन् । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ ।

अबको केहीदिनभित्रै कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र