भारत र चीनबीच पूर्वीलद्दाखमा फायरिङ, तनाव बढ्ने संकेत | Khabarhub Khabarhub

भारत र चीनबीच पूर्वीलद्दाखमा फायरिङ, तनाव बढ्ने संकेत


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ ।

सोमबार राति भारत-चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ ।

तस्वीर : गेट्टी इमेज

भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वीलद्दाख सीमामा फायरिङ भएको उल्लेख गरेको छ ।

चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत-चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् ।

चीनले यो उल्लंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ ।

तस्वीर : गेट्टी इमेज

चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिविधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफलपछि भएको यो घटनाले अब तनाव थप बढ्ने संकेत देखिएको छ ।

चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको समेत भारतले दाबी गरेको छ ।

गत जुनमा भएको एउटा हिंसात्मक झडपमा २० भारतीय सैनिकहरू मारिएका थिए। त्यस घटनामा कति चिनियाँ मारिए भन्ने प्रष्ट छैन।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : ४६ बजे

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा