नेकपा विवाद समाधानको लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौँ : प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

नेकपा विवाद समाधानको लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौँ : प्रवक्ता श्रेष्ठ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकटको निकासका लागि स्थायी समिति बैठक तुरुन्त सुचारु गरेर शीर्ष तह र सचिवालयमा गृहकार्य गर्न प्रस्ताव गरेका छन् ।

लामो समयपछि गत असार १० गतेबाट बसेको बैठक बिना निष्कर्ष स्थागित बन्दै आएको छ । पार्टीका दुइ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको दूरी बढिरहेका बेला स्थायी कमिटी र सचिवालय समेत बसेपनि कुनै निष्कर्ष निस्किन सकेको छैन् ।

यसैक्रममा प्रवक्ता श्रेष्ठले हालको आवश्यकता अनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्न साथै बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकाल्न समेत सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।”

साथै उनले यथास्थितीमा गुणात्मक परिवर्तन गर्दै अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरी अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकाल्न आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठले लेखेको स्टाटस जस्ताको तस्तै

म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं।

सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं। यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ ।

पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं ,ब्यक्तिको हार र जीतको बिषय होइन ।पार्टी , कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, बैचारिक,‬ ‪सैध्दान्तिक , राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं । ‬

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ४० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने