बागमती प्रदेशलाई तिब्बत सरकारद्वारा १३ करोडको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

बागमती प्रदेशलाई तिब्बत सरकारद्वारा १३ करोडको स्वास्थ्य सामग्री सहयोग


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

रसुवा जिल्लाको रसुवागढीमा आज अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनल को–अपरेशन एण्ड एक्सचेन्ज अफ एफएओ लि हुवान र सोही विभागका पेमा युजेनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ती सामग्रीमा भेन्टिलेटर १६, कन्सेन्ट्रेटर १५, सिरिन्ज पम्प १० , इन्फ्युजन पम्प १० , इलेक्ट्रो कार्डियोग्राफ तीन , मोनिटर प्यासेन्ट ६० , कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० , एनेस्थेटिक लारिङगोस्कोप १० , अक्सिजन रिजर्बभोयर ब्याग ५०, ब्लड ग्यास एनलाइजर १० , डेफिग्रिलेटर मोबाइल १०, अक्सिमिटर, पल्स २० , आइसीयू बेड ५० , पिपिइ एक हजार , एन–९५ मास्क दुई हजार, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स दुई हजार , डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार , मेडिकल आइसोलेन बुट, सुकभर दुई हजार थान रहेका छन् ।

प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालमा आवश्यकताअनुसार पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा वाग्मती प्रदेश सरकार र तिब्बत सरकार बीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ३१ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल