आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने कतारको निर्णय | Khabarhub Khabarhub

आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने कतारको निर्णय



दोहा – कतारले कोरनाको कारण भिसा अबधि सकिएको तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरुले आइडी नविकरणबापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको छ ।

कोभिड-१९को कारणले कतारबाहिर फसेका कतारी अकामा (आइडी) बाहक आप्रवासी नागरिकहरुले समयमै नविकरण नगर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको कतारको आन्तरिक मन्त्रालयले बताएको छ।

कतार सरकारको यो निर्णयसंगै कतारबाट बिदामा नेपाल गएका तथा कोरोनाको कारण कतार फर्किन नसकेका हजारौँ नेपाली श्रमिकलाई राहत पुग्ने भएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये ८० प्रतिशत हाराहारी नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

तर, कोरोना भाइरसको महामारीपछि कयौँ नेपाली बिदामा गएको बताइन्छ । कतारमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको संख्या १ लाख १२ हजार ३८३  पुगेको छ ।

निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ९ हजार १४२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १८० जना पुगेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने  दूतावाससंग पनि तथ्याङ्क छैन ।

संक्रमणको दर घट्दै गएको खण्डमा कतारले चौथो चरण अर्थात्  सेप्टेम्बरदेखि सबै प्रतिबन्ध हटाउने जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ५५ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।