इथियोपियामा भएको हिंसामा परी मृत्यु भएकाको संख्या २३९ पुग्यो | Khabarhub Khabarhub

इथियोपियामा भएको हिंसामा परी मृत्यु भएकाको संख्या २३९ पुग्यो


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अदिस अबाबा – अफ्रिकी मुलुक इथियोपियामा भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाहरुको संख्या २३९ पुगेको छ ।

विभिन्न जातीय समूहका बीचमा अघिल्लो हप्ता भएको हिंसामा परी मृत्यु हुनेहरुको संख्या बढ्दै गएर २३९ पुगेको प्रहरीले जनाएको छ ।

एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो ।

हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौँको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्‍याएका छन् ।

राजधानीसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका र उनीहरुले तोडफोड तथा आगजनी गर्ने गरेको प्रहरीले जनाएको छ ।

सरकारले गायकको हत्याराका दोषी पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएता पनि प्रदर्शन नरोकिएर हिंसाका घटना भइरहेको जनाइएको छ ।

“हत्यापछि भएका घटनाहरुमा परेर नौ जना प्रहरी, पाँच जना लडाकू र २१५ जना आम नागरिकले जीवन गुमाएका छन्,” एक प्रहरी अधिकारीले बुधबार भने ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : ५१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र