मेक्सिकोका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने | Khabarhub Khabarhub

मेक्सिकोका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लागेका छन् । सन् २०१८ मा निर्वाचित भएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।

राष्ट्रपति ओब्राडोरले यसअघि चुनावी प्रतिबद्धता बमोजिम विदेश भ्रमण गर्न अस्वीकार गरेका थिए । उनी वासिङ्टन भ्रमणमा आउँदा व्यावसायिक उडानको “इकोनोमी क्लास” प्रयोग गर्ने जानकारी दिइएको छ ।

कोरोनाभाइरसका कारण हाल संयुक्तराज्य अमेरिका र मेक्सिको दुवै ठूलो संकटमा छन् । खासगरी, दुई देशबीचको सीमाबाट आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम नरोकिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको आलोचना गरिरहेका छन् ।

साथै वर्तमान अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई रोक्न विवादास्पद पर्खाल निर्माण योजना बनाइरहेको छ, तर यसमा अमेरिकी समाज र राजनीतिक वृत्तमा सहमति जुटिसकेको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीलाई अपराधीको संज्ञा दिने गरेका छन् ।

यसपटक मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण मुख्य रुपमा अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताको शुभारम्भका लागि हुन लागेको हो । यो सम्झौताले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्नेछ ।

राष्ट्रपति ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी गुमेको भन्दै नयाँ युएसएमसीए गरेका हुन् ।

भिन्न राजनीतिक विचारधारा भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधलाई मेक्सिकाली राष्ट्रपतिले सम्मान गरेका छन् । मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्न चाहनेहरुलाई मेक्सिकोले बीचमै रोक्नुका साथै मेक्सिकोमा अलपत्र परेका नागरिकलाई रोजगारी उपलब्ध गराउने योजना अघि सारेका छन् ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपतिसँग “शान्त” बैठक हुन लागेको बताएका छन् । ट्रम्पले भने, “उहाँ निकै असल व्यक्ति हुनुहुन्छ । उहाँ मेरा मित्र हुनुहुन्छ । मेक्सिकोसँग हाम्रो निकै राम्रो, मित्रवत सम्बन्ध छ ।”

मेक्सिकोतर्फ प्रस्थान गर्नुअघि मंगलबार राष्ट्रपति ओब्राडोरले भने “म अमेरिकासँग निकट सम्बन्ध यथावत राख्न चाहन्छु । यही नै हाम्रा लागि ठीक कुरा हो ।”

करिब ३० हजारको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीका कारण मेक्सिकोको अर्थतन्त्र यस वर्ष झण्डै ८.८ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । मेक्सिकाली अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन राष्ट्रपति ओब्राडोरले विशेष ध्यान दिने जनाइएको छ ।

त्रिपक्षीय यस सम्झौताको अर्को मुख्य मुलुक क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले भने वासिङ्टन भ्रमण रद्द गरेका छन् ।

अमेरिकाका कतिपय हिस्पानिक समुदायका सांसदले भने मेक्सिकोका राष्ट्रपतिको अमेरिका भ्रमण उपयुक्त नभएको जनाएका छन् ।

मेक्सिकोमा जन्मिएकी सिकागो डेमोक्र्याट पार्टीकी प्रतिनिधि चुयी गार्सियाले चार वर्षसम्म राष्ट्रपति ट्रम्पले ल्याटिनो समुदायलाई गालीगलौज गरेको र अहिले आएर मेक्सिकोका राष्ट्रपतिसँग फोटो खिचाएर आफूहरुलाई देखाउन खोजेको टिप्पणी गरेका छन् ।

उनले भने, ट्रम्पका नीतिहरुले आप्रवासी बालबालिकालाई ठूलो चोट पुगेको छ, निर्दोष मानिसलाई अनिश्चितकालसम्म थुनामा राखिएको छ र पूरै ल्याटिनो समुदायलाई आतंकित बनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  २ : २७ बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५