स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने पक्राउ | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने पक्राउ


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषध ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्यकर्मी लेखिएको बा. ६७ प ४८५३ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई चामलको बोरामा लागूऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले बताए ।

चेकजाँच गर्दा मण्डललाई सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाबाट पक्राउ गरिएको उनले बताए ।

चामलको बोराभित्र स्पास्मो प्रोक्सिभन प्लस ३ हजार १ सय ६८ क्याप्सुल र एक सय मिलिलिटरको २८ बोतल डाइलेक्स डिसी बराममद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ११ : ०३ बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै