सोलुखुम्बुमा रोकिएनन् बालविवाहका घटना | Khabarhub Khabarhub

सोलुखुम्बुमा रोकिएनन् बालविवाहका घटना


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – बालविवाहलाई सरकारले कानूनीरूपमा बर्जित गरे पनि सोलुखुम्बुमा भने कमी आउन सकेको छैन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा आइतबार धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ ।

आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो ।

प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ ।

उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ३५ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा