राष्ट्रिय सभामा बैठकमा तीन अध्यादेश पेश | Khabarhub Khabarhub

राष्ट्रिय सभामा बैठकमा तीन अध्यादेश पेश


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियस भामा बैठक प्रारम्भ भएकै दिन शुक्रबार तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेश गरे ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेश गरिन् ।

शोक प्रस्ताव पारित

वैठकले पहिलो संविधानसभा सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य र अग्रवालको ७५ वर्षका उमेरमा गत फागुनमा निधन भएको थियो । नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहनुभएका उराँवको ६१ वर्षका उमेरमा यही वैशाखमा निधन भएको हो ।

बैठकले दुवै जनाको निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २८ गते अपराह्न १ बजे बस्ने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ३७ बजे

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन