साम्राज्ञीले इन्स्टाग्रामका सबै पोस्ट हटाएकी हुन् ? | Khabarhub Khabarhub

साम्राज्ञीले इन्स्टाग्रामका सबै पोस्ट हटाएकी हुन् ?


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका पछिल्ला फिल्मले खासै कमाल गर्न सकेका छैनन् । गतवर्ष रिलिज भएका दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ असफल भए । मेकरले साम्राज्ञीको क्रेज देखेर महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गरेका थिए । दुवै फिल्म असफल साबित भए ।

विवादमा आउन नचाहने तर विवादमा आइरहने अभिनेत्री पनि हुन् साम्राज्ञी । सामाजिक सञ्जाल इन्स्टाग्राममा गर्ने पोस्टले पनि उनलाई विवादमा ल्याउने गरेको थियो । साम्राज्ञीले भने इन्स्टाग्राममा सबै पोस्ट हटाएकी छिन् । हालै उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।

उनले उक्त पोस्टमा फ्यानले कमेन्ट पनि गर्न नमिल्ने बनाएकी छिन् ।

जबकि, उनको इन्स्टाग्राममा एक मात्र पोस्ट देखाएको छ । यसको अर्थ कि त उनले सबै पोस्ट डिलिट गरेकी हुन् । या त डिएक्टिभ गरेर पुनः एक्टिभ गरेका कारण पोस्ट देखाउन समय लागेको हो ।

पछिल्लो समय देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञीले टिकटक चलाउने गरेकी थिइन् । फेसबूकमा पनि उनी सक्रिय छिन् ।

इन्स्टाग्राममा साम्राज्ञीको जम्मा एक पोस्ट देखाएको छ । यसअघि पनि साम्राज्ञीले इन्स्टाग्राम एकाउन्ट डिएक्टिभ गर्ने सोच बेलाबेलामा आउने गरेको बताएकी थिइन् ।

वर्षमा एक मात्र फिल्ममा अभिनय गर्ने बताउने साम्राज्ञीले केही स्किृप्ट रिजेक्ट गरेकी छिन् । उनी राम्रो फिल्मको स्किृप्टको खोजीमा छिन् ।

इन्स्टाग्राममा साम्राज्ञीलाई ५ लाख ७० हजारले पछ्याएका छन् भने उनले १३ सयलाई पछ्याएकी छिन् । लकडाउनका बेला कलाकारहरु सामाजिक सञ्जालमा सक्रिय भएका बेला साम्राज्ञी भने गुपचुप हुन चाहेकी छिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : ४८ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट