पाकिस्तानका ९ धर्मगुरु क्‍वारेन्टाइनमा | Khabarhub Khabarhub

पाकिस्तानका ९ धर्मगुरु क्‍वारेन्टाइनमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा बसेका पाकिस्तानका ९ धर्मगुरुलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले आहृवन गरेको लकडाउनका क्रममा मस्जिदमा बसेका नौ पाकिस्तानी धर्मगुरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

रौतहटको देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा प्रहरीको निगरानीमा राखिएका पाकिस्तानका धर्मगुरुहरु । गत चैत ४ देखि जिल्लाका विभिन्न मस्जिद, मदरसामा रहेका उनीहरुलाई देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा प्रहरीको निगरानीमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।

‘लकडाउनको समयमा मस्जिदमा बसेको थाहा पाएपछि नियन्त्रणमा लिएर त्यही क्वारेन्टाईनमा राखेका छौ,’ उनले भने, ‘सबैको स्वास्थ्य परीक्षण र स्वाब टेष्ट गर्छौ।’

एक महिनाअघि सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा उनीहरु नेपाल आएका थिए।

त्यहाँ कार्यक्रम सकेर रौतहटको हजमिनिया आएका उनीहरु चैत १८ देवाहीस्थित मस्जिदमा पुगेका थिए। पाकिास्तानका महम्मद यसुफ, जैनुल्लाह, सम्सुल्लाह खान, महम्मद फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाह एकसातादेखि मस्जिदभित्रै निगरानीमा क्वारेन्टाइन राखेको एसपी खड्काले बताए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ३७ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख