कोरोनाभाइरस संक्रमण : घरपालुवा जनावरलाई अनावश्यक नछुन चिकित्सकको सुझाव | Khabarhub Khabarhub

कोरोनाभाइरस संक्रमण : घरपालुवा जनावरलाई अनावश्यक नछुन चिकित्सकको सुझाव


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला र कुकुर घरभित्रै राख्न सुझाव दिएका छन् ।

दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्।

हालै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको समाचारहरु बाहिरिएका थिए ।

पशुचिकित्सकहरूले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन्।

ती जनावरका भुत्लाबाट भाइरस सङ्क्रमण फैलिन जोखिम कम गर्न उनीहरूले त्यस्तो सुझाव दिएका हुन् ।

बेलायती पशुचिकित्सक सङ्घले मानिसहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै चिन्तिन भइहाल्नुपर्ने अवस्था नरहेको बताएको छ।

अध्ययनहरूले बिरालोमा अन्य बिरालोबाट भाइरस सरेको प्रमाण भेटिएको छ।

आफ्ना हातबाट जनावरका भुत्लामा भाइरस सर्न नदिन मानिसहरूले सावधानी अपनाउनुपर्ने सुझाव बेलायती पशुचिकित्सक सङ्घकी प्रमुख ड्यान्येला डोस स्यान्टोसले दिएकी छन्।

उनले भनिन्, “सरसफाइमा ध्यान दिनुहोस् र बिरालाहरूलाई घरभित्रै राख्नुहोस्। जनावरलाई अनावश्यक छुने र अँगालो हाल्ने वा आफ्नो अनुहार चाट्न दिने जस्ता कार्य नगर्नुहोस्।”

“जनावरलाई बाहिर हिँडाउदा अरूले पालेका कुकरलाई छुने जस्ता काम पनि नगर्नुहोस्।”

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : ०७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र