डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारी भएको छ, हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ,’ ट्रम्पले भने ।

डब्लूएचओले कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको ट्रम्पले आरोप समेत लगाएका छन् ।

ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले दिएको सूचना समेत गलत रहेको आरोप बताएका छन् ।

अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको डब्लूएचओले बताए पनि विश्वमा धेरै संक्रमित भएको देश अरु नै रहेको आफ्नो सूचनामा रहेको जनाएका छन् ।

गएको जनवरी ३१ मा चीनका केही स्थानबाट हुने यात्रामा ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । तर डब्लूएचओले त्यसको समर्थन नगरेपछि ट्रम्प डब्लूएचओसँग रुष्ट हुँदै आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : २६ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव