बंगलादेशमा पनि देखियो कोरोना, तीन जना संक्रमित | Khabarhub Khabarhub

बंगलादेशमा पनि देखियो कोरोना, तीन जना संक्रमित


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ ।

संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ । यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन ।

गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप हालसम्म एक सय भन्दा धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाका कारण इटालीले १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ३६ सय जनाको ज्यान गइसकेको छ भने अरु एक लाख भन्दा धेरै संक्रमित छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ४ : ११ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको