विनोद र कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य | Khabarhub Khabarhub

विनोद र कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपाली क्रिकेट टोलीले अमेरिकासामू १सय९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा टस होरेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको हो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

जसमा कुशल र विनोद नेपालका लागि अर्धशतक पुरा गर्ने क्रमशः सातौं र आठौं खेलाडी बने ।

कमजोर ब्याटिङ शुरुवात गरेको नेपाल ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । तर, नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु अवसर पाएका कुसल मल्ल र विनोद भण्डारीको जोडिले उत्कृष्ट ब्याटिङ साझेदारी गरे । भण्डारी र कुशलबीच ८४ रनको साझेदारी पारी खेलेका थिए ।

जसमा भण्डारीले ७९ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका थिए । एकदिवसिय क्रिकेटमा उनको अहिलेसम्मकै धेरै रन अमेरिकाविरुद्ध बनाएको ५९ रन नै हो ।

नेपालका लागि एकदिवसिय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेरका कुशलले कीर्तिमानी अर्धशतकसहित ५१ रन बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाउँदै एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बने । उनले १५ बर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएका हुन् ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ रन, सुशन भारी ७ रन बनाएका थिए ।

नेपालविरुद्ध अमेरिकाका क्यामेरन स्टेभेन्सनले तीन विकेट लिँदै नेपाली ब्याटिङ कमजोर बनाए भने सौरभ नेत्रभाल्कर र र रस्टी थेरनले समान दुई–दुई विकेट लिए । करिमा गोरे र एल्मोर हचिन्सन र इहान होल्यान्डले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : ३८ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी