चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो, ३५ हजार संक्रमित | Khabarhub Khabarhub

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो, ३५ हजार संक्रमित


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ।

कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका २५ मुलुकमा फैलिएको छ ।अहिलेसम्म हङकङ र फिलिपिन्समा पनि दुई व्यक्तिको मृत्यु भएको छ । ती मुलुकहरुमा २ सय ७० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ ।

त्यसैगरी जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : १८ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ