ए डिभिजन लिगः च्यासल र पुलिसले खेले बराबरी | Khabarhub Khabarhub

ए डिभिजन लिगः च्यासल र पुलिसले खेले बराबरी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा फरवार्ड सन्तोष साहुखलन्ले सय गोल पुरा गरेको खेलमा च्यासल युवा क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेका छन् ।

बुधबार भएको खेलमा च्यासल र पुलिसले २–२ गोल बराबरी गरे । खेलको ५ औं मिनेटमा पुलिसका निर कुमार राईको गोलमा पुलिसले च्यासलमाथि अग्रता बनाएको थियो । त्यसको ठिक १३ मिनेटपछि अर्थात १८ औं मिनेटमा च्यासलका सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काएका थियो ।

साहुखलको उक्त गोल सहिद स्मारक ए डिभिजन लिगको सयौं गोल थियो । १–१ गोलको बराबरी भएको खेलमा खेलको ४० औं मिनेटमा पुलिस क्लबका सुमन लामाले गोल गर्दै क्लबलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफ २–१ गोलमा रोकिएको खेलमा दोस्रो हाफको चौथो मिनेटमै सन्तोषले च्यासलका लागि दोस्रो तथा लिगमा आफ्नो १०१ औं गोल गरेका थिए ।

बराबरी खेलेको पुलिस लिगमा ५ खेलबाट ८ अंकसहित छैठौं स्थानमा छ भने च्यासल ५ खेलबाट ५ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : १९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी