प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम | Khabarhub Khabarhub

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम डोटी जिल्लामा प्रभावकारी बन्दै गएको छ । उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

प्रहरीले यहाँका विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएका दिपायल पिपल्लाका तेजबहादुर डुम्रेललले बताए । प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ स्थानीय तह, समुदाय, सामाजिक सङ्घ/संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी उक्त अभियान जिल्लाभरी शुरु गरिरहेको छ ।

उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक देउवाले बताए ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि राजमार्गमा हुने दुर्घटना नियन्त्रण गर्न विशेषगरी लामो दुरीका सवारीचालकलाई प्रशिक्षण तथा स्वास्थ्य जाँचका कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोक खड्काले बताए । विशेषगरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनले भने, ‘समुदाय तथा स्थानीयतहसँग मिलेर प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी कार्यक्रम राम्रो र फलदायी भएको छ, समाजमा हुने घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता घटनामा कमि आएको महसुस गरेका छौँ ।’ प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय दुई र सातवटै स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ ।

यहाँका किशोरीलाई यौन हिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन किशोरी आत्मरक्षा तालीम पनि प्रहरीले सञ्चालन गर्ने भएको छ । समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, छाउपडी प्रथाजस्ता सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालनसमेत गरिरहेको छ ।

विद्यार्थीलाई लक्षित गरी लागुऔषध, सडक सुरक्षा, साइबर अपराधको विषयमा जिल्लाका २७ स्थानमा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरी सचेतना जगाइएको छ । सोअन्तर्गत आठ विद्यालय सम्पर्क समिति गठन भएका छन् भने आधारभूत सुरक्षासम्बन्धी विद्यालय सम्पर्क कार्यक्रम पनि दुईवटा सम्पन्न भएका छन् । प्रहरी गतिविधिका बारेमा विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको भ्रमण गराई जानकारी गराउन थालिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ५२ बजे

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु