इरानी हमलासँगै कच्चा तेल र सुनको मूल्य बढ्यो | Khabarhub Khabarhub

इरानी हमलासँगै कच्चा तेल र सुनको मूल्य बढ्यो


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इराकमा अमेरिकी सैन्य ठेगानामा इरानले मिसाइल हमला गरेसँगै कच्चा तेलको मूल्य बढेको छ ।

एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको हो र यससँगै अब ६९.९४ डलर प्रति ब्यारलको स्तरमा पुगेको छ ।

यो मूल्यबृद्धि मध्य पूर्वबाट तेलको सप्लाई बन्द हुने आशंकामा भएको हो ।

भारतमा विशेषगरि मध्यपूर्वका देशबाट धेरै तेल आउने गरेको छ जसमा इराक पहिलो नम्बरमा रहेको छ । त्यसपछि साउदी अरब, ओमान र केवेत रहेका छन् । नेपालले भने भारतबाट तेलको आयात गर्दै आएको छ ।

यससँगै सुनको मूल्यपनि बढेको छ । सेयर बजारमा पनि नकारात्मक असर देखिएको छ ।

अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेसँगै इरानले इराकमा रहेको अमेरिकी दुई सैन्य अखडामा मिसाइल आक्रमण गरेको हो । यसलाई इरानले बदला लिएको बताएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ११ : २८ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।