इरानी हमलासँगै कच्चा तेल र सुनको मूल्य बढ्यो « Khabarhub

इरानी हमलासँगै कच्चा तेल र सुनको मूल्य बढ्यो


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इराकमा अमेरिकी सैन्य ठेगानामा इरानले मिसाइल हमला गरेसँगै कच्चा तेलको मूल्य बढेको छ ।

एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको हो र यससँगै अब ६९.९४ डलर प्रति ब्यारलको स्तरमा पुगेको छ ।

यो मूल्यबृद्धि मध्य पूर्वबाट तेलको सप्लाई बन्द हुने आशंकामा भएको हो ।

भारतमा विशेषगरि मध्यपूर्वका देशबाट धेरै तेल आउने गरेको छ जसमा इराक पहिलो नम्बरमा रहेको छ । त्यसपछि साउदी अरब, ओमान र केवेत रहेका छन् । नेपालले भने भारतबाट तेलको आयात गर्दै आएको छ ।

यससँगै सुनको मूल्यपनि बढेको छ । सेयर बजारमा पनि नकारात्मक असर देखिएको छ ।

अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेसँगै इरानले इराकमा रहेको अमेरिकी दुई सैन्य अखडामा मिसाइल आक्रमण गरेको हो । यसलाई इरानले बदला लिएको बताएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ११ : २८ बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच