उपयोगिताविहीन हुँदै हुलाक सेवा, कामै नगरी दिन काट्छन् कर्मचारी | Khabarhub Khabarhub

उपयोगिताविहीन हुँदै हुलाक सेवा, कामै नगरी दिन काट्छन् कर्मचारी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेँसीशहर– लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चार सेवा प्रदान गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो ।

चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ ।

दूधपोखरी गाउँपालिकाका वृद्ध ९५ वर्षीय विकास घिमिरेले भने, ‘हुलाकी दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठीपत्र थियो । अहिले नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन ।’

बेँसीशहर नगरपालिका–८ की १७ वर्षीया सिर्जना श्रेष्ठले भनिन्, ‘हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी छैन ।’ उनलाई अहिलेसम्म हुलाक सेवा आवश्यकता परेको छैन ।

जिल्ला हुलाक कार्यालय लमजुङका निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरासिनीले प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदानप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठी पठाउनेलगायतका मात्रै हुने गरेको जानकारी दिए ।

अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटो–छरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको उनले बताए ।

जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही व्यक्तिको पार्सललगायतका १०/१२ वटा चिठी दैनिक आउने गरेको छ ।

जिल्लामा १ जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ११ : ३२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड