चिनियाँ नियन्त्रित पाकिस्तानी बन्दरगाहबाट तस्करी भएको साढे २ अर्ब बढीको लागुऔषध बरामद | Khabarhub Khabarhub

चिनियाँ नियन्त्रित पाकिस्तानी बन्दरगाहबाट तस्करी भएको साढे २ अर्ब बढीको लागुऔषध बरामद


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकाली अधिकारीहरुले चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाहबाट तस्करी गरिएको साढे २ अर्ब बराबरको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

मारविला थाडोवावा क्षेत्रबाट पक्राउ व्यक्तिहरुबाट १ सय किलो हिरोइन र १ सय किलो क्रिस्टल मेथम्फेटमिन बराबद गरिएको श्रीलंकाली अधिकारीले जनाएका छन्।

तस्करीमा संलग्नमाथी अनुसन्धान भइरहेको र लागुऔषध तस्करीमा पाकिस्तानी गुप्तचरसंस्था आईएसआई र चिनिँया खुफिया एजेन्सीहरुको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तान र चिनिया खुफिया एजेन्सीहरुको सहायता बेगर चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानी ग्वादर बन्दरगाहबाट यति ठूलो परिणामको लागुऔष तस्करी असम्भब रहेको श्रीलंकन अधिकारीको आशंका छ ।

बरामद भएका लागुऔषध दुबइमा लुकेर बसेका लागुऔषध तस्कर जुदेले पठाएको आशंकामा थपअनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : २२ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा