चीनमा अमेरिकी कूटनीतिज्ञ र कर्मचारीमाथि माइक्रोवेभ हतियारबाट आक्रमण ! | Khabarhub Khabarhub

चीनमा अमेरिकी कूटनीतिज्ञ र कर्मचारीमाथि माइक्रोवेभ हतियारबाट आक्रमण !


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा अमेरिकी कूटनीतिज्ञ र कर्मचारीमाथि माइक्रोवेभ हतियारबाट आक्रमण भएको आशंका गरिएको छ ।

पछिल्ला केही वर्षयता चीन र क्युबामा अमेरिकी दूतावासका कैयौं स्टाफ रहस्यमय तरिकाले बिरामी भएपछि गरिएको जाँचमा माइक्रोवेभ हतियारबाट आक्रमण भएको आशंका गरिएको हो ।

घटनाहरुको जाँचपछि अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेजले उनीहरुमाथि माइक्रोवेभ ऊर्जाबाट आक्रमण गरिएको आशंका सबैभन्दा अधिक भएको बताएको छ । सीएनएनको रिपोर्टअनुसार नेशनल एकेडेमी अफ साइन्सेजले आफूले जाँच गरेका केसहरुमा ‘पल्स्ड रेडियो फ्रिक्वेन्सी इनर्जी’को प्रयोग गरिएको संकेत पाइएको बताएको छ ।

रिपोर्टमा सोचविचार गरिएको रणनीति अन्तर्गत माइक्रोवेभ ऊर्जाको प्रयोग गरिएको भनिएको छैन तर आपराधिक प्रकृतिका मानिसहरु यसको पछाडि हुन सक्ने भनिएको छ ।

डाक्टर र वैज्ञानिकहरुको १९ सदस्यीय कमिटीले अमेरिका सरकारको अनुरोधमा यो जाँच गरेको हो । २०१७ मा मार्क लेन्जी नामका अमेरिकी कूटनीतिज्ञ ग्वान्झाउमा तैनाथ थिए । एक दिन उनी रहस्यमय तरिकाले बिरामी भए र उनलाई टाउको दु:ख्न थाल्यो । पद्न पनि समस्या हुन थाल्यो । स्मरणशक्ति कमजोर हुने र निद्राको समस्या पनि सुरु भयो ।

मार्क लेन्जीको एमआरआइ स्क्यानमा उनको मस्तिस्कको २० भागको घनत्व कम भएको पाइएको छ । खासगरी ती भागको घनत्व कम भएको थियो जो स्मरणशक्ति र भावनात्मक विषयसँग सम्बन्धित हुन्छन् । अर्कोतर्फ मस्तिस्कका तीन भागको भने घनत्व बढेको पाइयो । अनुसन्धानकर्ताका अनुसार मस्तिस्कका कैयौं भागको घनत्व कम हुनु ब्रेन इन्जुरीको संकेत हुन सक्छ ।

अमेरिकी अधिकारीहरुमा यस्ता आक्रमण धेरैजसो २०१६ र २०१७ मा भएका थिए । केही केसहरु भने २०१७ पछि पनि देखिएका थिए । नेशनल एकेडेमी अफ साइन्सेजले माइक्रोवेभ हतियारका विषयमा चिन्ता जाहेर गरेको छ । विश्वमा माइक्रोवेभ हतियार भएका देशहरु निकै कम छन् । यी देशहरुमध्ये रुसलाई पनि गनिन्छ । क्युबामा अमेरिकी अधिकारीहरु रहस्यमय तरिकाले बिरामी हुनुको पछाडि रुस जिम्मेवार भएको आशंका गरिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : १३ बजे

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन