पुसबाट विराटनगरका विद्यालय सञ्चालन हुने | Khabarhub Khabarhub

पुसबाट विराटनगरका विद्यालय सञ्चालन हुने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- पुसबाट विराटनगरका विद्यालय खुल्ने भएका छन् ।

कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।

आइतबार बसेको बैठकले २ पुसबाट विद्यालय खुला गर्ने निर्णय गरेको पराजुलीले बताए ।

विद्यालय सञ्चालनअघि अभिभावकसँग छलफल गरेर स्वास्थ्य सावधानीका उपायसहित विद्यालय सुरू हुने उनको भनाइ छ ।

जोखिम कायम नै रहेकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालनको प्रवन्ध मिलाइने पराजुलीले बताएका छन् ।

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या छ हजार आठ सय ८३ पुगेको छ ।

कोरोना संक्रमण फैलिएपछि चैत्र ११ देखि विद्यालय बन्द रहँदै आएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ५५ बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित