अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल | Khabarhub Khabarhub

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ ।

अफगानीस्तानस्थित तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफल सुरू भएकबो जानकारी दिएका छन् ।

उनले भने, ‘अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले अमेरिका–तालिवान शान्ति प्रक्रिया तथा बाँकी कैँदीको रिहाईका लागि हालै दोहामा छलफल भएको छ ।’

‘वार्तामा शान्ति सम्झौता, शक्ति पृथकीकरण र तालिवानसँगको स्थायी तथा वृहद् युद्धविरामका लागि नेताहरूको समिति बनाइएको छ,’ उनले ट्वीटमा भनेका छन्, ‘यो इस्लामिक गणतन्त्र अफगानिस्तानमा शान्ति वार्ताका लागि भरपर्दो र प्रभाबशाली समिति हुने विश्वास गरिएको छ ।’

अफगानी विद्रोही तथा सत्ताधारी समूहले शान्ति प्रक्रियाका कामलाई निरन्तरता दिइरहेको र यो अफगानी युद्ध अन्त्यका लागि निकै सकारात्मक तथा विश्वासिलो आधार भएको उनले बताए ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले वार्ताका लागि नेतृत्व समिति निर्माण भएकोमा यसको स्वागत गरेको छ ।

समितिको अध्यक्षमा डाक्टर अब्दुल्लाह अब्दुल्लाह रहेको र अफगानी राजनीतिक क्षेत्रका हस्तीहरूले यस समितिलाई सफल पार्ने र अफगानिस्तानमा स्थायी शान्ति हुनेमा अमेरिकाले विश्वास प्रकट गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : १३ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित