बंगलादेश पुगेका खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ, भोलिबाट अभ्यास | Khabarhub Khabarhub

बंगलादेश पुगेका खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ, भोलिबाट अभ्यास


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले आइतबारबाट अभ्यास शुरु गर्ने भएको छ ।

बंगलादेशमा सबै नेपाली खेलाडीकाे पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अभ्यासमा जुट्ने भएका हुन् ।

शुक्रबार भएको कोरोना जाँचको रिपोर्ट शनिबार बेलुकी आएको हो। जसमा सबै खेलाडी, अफिसियलदेखि नेपाली संचारकर्मीको समेत नतिजा नेगेटिभ आएको हो।

कोरोनाको नतिजा आएसँगै नेपाली टोलीले आइतबार बेलुकादेखि अभ्यास सुरु गर्नेछ । अभ्यास कुन मैदानमा हुने भन्ने भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

बंगलादेश जानु अगाडि ७ जना खेलाडीलाई कोरोना देखिएको थियो। कोरोना संक्रमण देखिएका खेलाडीहरु काठमाडौंमा आईसोलेसनमा बसेका छन्।

नेपालले बंगलादेशसँग १३ र १७ नोभेम्बरमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ। झण्डै १ वर्षपछि नेपाल अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ०५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड