जुवा र मोजमस्तीले टाट पल्टिदै 'इन्स्टाग्रामका राजा' ड्यान बिल्जारियन | Khabarhub Khabarhub

जुवा र मोजमस्तीले टाट पल्टिदै ‘इन्स्टाग्रामका राजा’ ड्यान बिल्जारियन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ‘इन्स्टाग्रामका राजा’ बाट कहलिएका अमेरिकी जुवाडे ड्यान बिल्जारियन टाट पल्टिदै गएका छन् ।

जुवातास, मोजमस्ती रूचाउने जुवाडे ड्यान बिल्जारियनको खर्च र विलाशी जीवनबारे फोर्ब्स पत्रिकाले पनि चर्चा गरेको छ ।

फोर्ब्सको एक रिपोर्टअनुसार  उनको कम्पनी इग्नाइट कोरोना महामारीले संकटमा पर्दा पनि बिल्जारियनले मोजमस्ती गर्न छाडेका छन् ।

बिल्जारियनको जीवनशैली निकै बिलासी छ । इन्स्टाग्राममा निकै सक्रिय रहने उनका ३२.६ मिलियन फलोअर छन् । युवतीसँगका कामुक तस्वीर सार्वजनिक गरिरहने उनी उच्च बिलाशी जीवनशैलीका लागि पनि परिचित छन् ।

हरेक समय युवतीहरूले घेरिएर रहने बिल्जारियन विचित्रका सोखको लागि पनि परिचित छन् ।

महामारीले कम्पनी बन्द हुन लागेको समाचार आइरहँदा पनि युवतीसँग मोजमस्तीमा रहेका उनले आफ्नो कम्पनीबारे आएका नकारात्मक सामग्रीलाई गलत भनेका छन् ।

उनले हालै एक ट्वीटमा आफ्नो कम्पनी टाट पल्टिन्छ भनेर पर्खिरहेका मिडिया हेरेको हेर्‍यौ हुने पनि बताएका छन् ।

फोब्र्सको रिपोर्ट अनुसार २०१९ को सुरुवातमा बिल्जारियनको सम्पत्ति १५० मिलियन डलर थियो । तर, उनको त्यो सम्पत्ति अहिले घट्दै गएको बताइएको छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ५० बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका