मोरङ र सुनसरीमा उपचाररत चार संक्रमित महिलाको मृत्यु | Khabarhub Khabarhub

मोरङ र सुनसरीमा उपचाररत चार संक्रमित महिलाको मृत्यु


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना महिला हुन्।

कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन ।  ती महिलामा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको पनि उपचारका क्रममा नोबेलमै अस्पतालमा मृत्यु भएको छ ।

दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको वृद्धाको शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिकामा पनि संक्रमित दुई महिलाको मृत्यु भएको छ।

धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया ती महिलाको साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

यस्तै उच्च रक्तचापको पनि समस्या रहेको ८१ वर्षीया महिलाको पनि शुक्रबार साँझ नै मृत्यु भएको श्रेष्ठले बताए । कात्तिक १९ गते कोरोना पुष्टि भएपछि २० गते कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ११ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा