किमाथा‌ंकामा सशस्त्रको बीओपी भवनको शिलान्यास | Khabarhub Khabarhub

किमाथा‌ंकामा सशस्त्रको बीओपी भवनको शिलान्यास


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) भवन शिलान्यास भएको छ।

बधुबार किमाथांका नाकामा भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले गरेका हुन्।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ किमाथांकामा ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरीका अरुण गुल्मपति डिएसपी विशाल सिलवालले बताए।

सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा ९ महिनाअघि नै सीमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो।

प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा २८ जनाको टोली बसेको छ।

सीमाको निरीक्षणमा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षत्री, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी नवराज मल्ल सहितका स्तर सुरक्षा निकायका प्रमुखहरु किमाथांका पुगेका थिए।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : १६ बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा