पक्राउ परेका सम्पदा संरक्षक अगुवाईको रिहाइको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन | Khabarhub Khabarhub

पक्राउ परेका सम्पदा संरक्षक अगुवाईको रिहाइको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन



काठमाडौं – मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पक्राउ परेका अगुवा अशोक महर्जनको रिहाईको माग गर्दै स्थानीयले मौन प्रदर्शन गरेका छन् । स्थानीयले आज (सोमवार) मंगलबजार र पाटनमा मौन प्रदर्शन गर्दै हिरासतमा रहेका महर्जनको रिहाईको माग गरेका हुन् ।

बिहीवार निषेधाज्ञाका बीच ललितपुरको पुल्चोकमा जबरजस्ती रथ तान्न जम्मा भएका युवा र प्रहरीबीच झडप परेको थियो । झडपपछि प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले ट्राफिक प्रहरीलाईसमेत कुटपिट गरेपछि प्रहरीले प्रदर्शनमा उत्रेकालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये तीन जनालाई प्रहरीले आइतबार रिहा गरेको थियो । बाँकी १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको अनुसन्धान अगाडि बढाएको छ ।

स्थानीयले हिरासतमा रहेकालाई तत्काल रिहाईको माग गर्दै मौन प्रदर्शन गरेका हुन्  । हेर्नुस् तस्वीर:

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ४४ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार