विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर यी महिला बाहिर निस्किएपछि... (भिडियो सहित) | Khabarhub Khabarhub

विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर यी महिला बाहिर निस्किएपछि… (भिडियो सहित)


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक महिला विमानको इमेर्जेन्सी ढोका खाेलेर बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यूक्रेनकी ती महिला टर्कीबाट कीव शहरमा जान लागेकी थिइन । विमानभित्र यात्रु पसिसकेका थिए । ढोकाहरु पनि बन्द गरिएका थिए । बाहिर कर्मचारीहरु भने विमानमा केही मिलाइरहेका थिए । यहीबीचमा ती महिला बिमानको इमेर्जेन्सी ढोका खोलेर बाहिर निस्किइन ।

उनी इमेर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा निस्किइन् । यी महिलाको यो हर्कत देखेर बाहिर रहेका कर्मचारी तथा अन्य मानिस भने आश्चार्यचकित बने । उनले के पो गर्ने हुन् भन्ने सबैलाइ पर्‍यो ।

यसरी एकाएक उनी किन बाहिर निस्किइन भन्ने उनीहरुलाई थाहा भएन् । पछि उनीहरुले थाहा पाए- विमानभित्र निकै गर्मी भएपछि उनी बाहिर निस्किएकी थिइन ।

विमानभित्र निकै गर्मी भएपछि उनले एयरलाइन्ससँग समस्या राखिन् पनि तर ति महिलाको कुराको सुनुवाइ भएन । सुनुवाइ होस् पनि कसरी त्यहाँ अरु यात्रु चुपचाप गन्तव्यमा जानको लागी बसेका थिए ।

आफ्नो कुराको सुनुवाइ नभएपछि ती जिद्दी स्वभावकी महिलाले एउटा जुक्ति लगाइन् । नजिकै रहेको इमेर्जेन्सी ढोका खोलेर उनी बाहिर निस्किएकी थिइन् ।

हेरौं भिडियो

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ५७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री