६६ कोरोना संक्रमित आईसीयूमा उपचाररत : डा. गौतम | Khabarhub Khabarhub

६६ कोरोना संक्रमित आईसीयूमा उपचाररत : डा. गौतम


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार ६६ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत बिहीबार ६६ जना कोरोना संक्रमित आईसीयूमा उपचारत रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार ती मध्ये ३ जना भेन्टिलेटरमा छन् ।

डा गौतमका अनुसार नेपालमा आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १०६ जना मात्र काठमाडौं उपत्यका छन् । यस्तै पर्सामा १३४ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हालसम्म २२ हजार २१४ जनामाकोरोना पुष्टि भएको छ । ती मध्ये ७० जनाको मृत्यु भएको छ भने ६ हजार ३३० जना आइसोलेसनमा उपचारत छन् ।

हालसम्म १५ हजारर ८१४ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

डा गौतमका अनुसार नेपालमा हाल लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

उनले ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठीनाइ हुने, गन्दहराउने, स्वाद थाहा नपाउने तथा झाडापखाला हुने  लगायतका लक्षण कोरोना संक्रमितमा देखिने गरेको जानकारी दिए ।

डा गौतमले यी ६ प्रकारका लक्षणहरु देखिएमा कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

डा गौतमले हाल देशभरका ३२ वटा सरकारी र ६ वटा निजी प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्न सकिने व्यवस्था रहेको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ०५ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका