नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुग्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो ।

पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

विहीबारसम्म निको हुनेको संख्या १५ हजार ३८९ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

हालसम्म ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय सीमा क्षेत्रमा कोरोनाकाे संक्रमण फैलिएको हुँदा साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : २९ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो