प्रधानमन्त्रीका सल्लाहकारले नेकपा प्रवक्ता श्रेष्ठलाई भने- पदको लाज त जोगाउनुहोस् | Khabarhub Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारले नेकपा प्रवक्ता श्रेष्ठलाई भने- पदको लाज त जोगाउनुहोस्


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू पार्टीभित्रको विवाद मिलाउन दौडधुपमा लागेका छन् ।

नेताहरू गुटगत भेटघाटमा व्यस्त छन् । अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले आफू निकटका नेता तथा कार्यकर्तासँग भेटघाट बढाइरहेका छन् ।

नेताहरुले पार्टी एकताको कार्यदिशा अनुसार नेतृत्व अघि बढ्नुपर्ने सुझाव दिइरहेका छन् । यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्तालाई पदको लाज जोगाउन आग्रह गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।

रिमालले ट्वीटर मार्फत श्रेष्ठलाई ‘विधि र पद्धतीको नक्कली गीत नगाउन आग्रह गरेका छन्। उनले भनेका छन “इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् ।’

गत बुधबार राजधानीमा आफूनिकट सय बढी पत्रकारलाई बोलाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल र श्रेष्ठले ओलीको कार्यशैलीको विरोध गरेका थिए।

त्यसको दुई दिनपछि प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले श्रेष्ठलाई सार्वजनिक रूपमा पार्टी प्रवक्ताको लाज जोगाउन भनेका हुन्।

शुक्रबार बिहान नारायणकाजीलाई मेन्सन गर्दै रिमालले लेखेका छन्- इनफ इज इनफ नारायणकाजी जी। कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधी र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसुस होस्!

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : १८ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई