अमेरिकामा टिकटक बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर | Khabarhub Khabarhub

अमेरिकामा टिकटक बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वामित्व परिवर्तन नगरे ४५ दिनभित्र टिकटक बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्।

ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटक सञ्चालकहरूविरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ’, उल्लेख छ।

विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ ।

तर, अमेरिकाको उक्त निर्णय चीनसँग बढ्दै गएको तिक्तताको परिणाम भएको विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ३६ बजे

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ