प्रदेश–१ मा ४९० ले जिते कोरोना विरुद्धको लडाइँ | Khabarhub Khabarhub

प्रदेश–१ मा ४९० ले जिते कोरोना विरुद्धको लडाइँ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश एकमा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा विराटनगरको कोशी अस्पताल कोभिड १९ केन्द्रबाट सात र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

सामाजिक मन्त्रालयका अनुसार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला मंगलबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।

केन्द्रका अनुसार डिस्चार्ज हुनेमा ६ देखि ५० वर्ष उमेरसम्मका मोरङका ४ र सुनसरीका ३ जना रहेका छन्। उनीहरु गत जेठ २७ देखि असार १३ गतेसम्म केन्द्रमा भर्ना भएका थिए।

त्यसैगरि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालबाट ११ जना संक्रमित उपचारपछि घर फर्किएका छन्

कोभिड १९ लाई जितेर घर फर्कनेमा ७ महिला र ४ पुरुष रहेको डा. सापकोटाले जानकारी दिए।

धरानको कोभिड १९ अस्पतालबाट हालसम्म २ सय ११ जना सफल उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ५८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल