गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणमा प्राथमिकता | Khabarhub Khabarhub

गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणमा प्राथमिकता


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (मंगलबार) बसेको सचिवस्तरीय बैठकले यस्तो  निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा कोरोना परीक्षण हुने प्रयोगशालाहरुलाई पत्राचार गर्दै गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राख्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै गर्भवती तथा सुत्केरी महिलाहरु समेत प्रभावित भएको भन्दै कोरोना परीक्षण गर्नुपर्ने गर्भवती तथा सुत्केरी महिलालाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको हो ।

गर्भवती तथा सुत्केरी महिलाको स्वाब संकलन गर्नुपर्ने भएमा उनीहरुलाई प्राथमिकतामा राखी स्वाब संकलन गरेपछि स्वाब रहेको भाँडोलाई रातो फित्ता, डोरी वा रिबनले बाँधेर सम्बन्धि प्रयोगशालामा पठाउन स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : २१ बजे

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व