अनलाइन कक्षा मात्र सञ्चालन भए अमेरिकाले विदेशी विद्यार्थी पठाउने, १४ हजार नेपाली प्रभावित हुने | Khabarhub Khabarhub

अनलाइन कक्षा मात्र सञ्चालन भए अमेरिकाले विदेशी विद्यार्थी पठाउने, १४ हजार नेपाली प्रभावित हुने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीले अनलाइन कक्षामात्र सञ्चालन भए अमेरिकामा रहने विदेशी विद्यार्थी समस्यामा पर्ने भएका छन् ।

अमेरिकाको इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट (आईसीई) ले आगामी सेमेस्टरबाट निरन्तररूपमा अनलाइन कक्षा मात्र सहभागी भएमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो देश फर्कनु पर्ने जनाएको छ ।

अहिले कोभिड–१९ को महामारीको कारण अमेरिकामा रहेका अधिकांश विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चानल गर्दै आएका छन् ।

आईसीईका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले अनलाइन कक्षामात्र लिएमा उनीहरूले विद्यार्थी भिसाको नियम उल्लङ्घन गरेको ठहरिनेछ ।

आईसीईको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले प्रति सेमेस्टर तीनभन्दा बढी कक्षा अनलाइनमा लिन पाउँदैनन् । अहिले अमेरिकामा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।

आईसीईको यो नयाँ नियमले अमेरिकामा अध्ययनरत १४ हजारभन्दा बढी नेपाली विद्यार्थीहरू प्रभावित हुनेछन् । अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकाको अर्थतन्त्रमा ४५ बिलियन डलरभन्दा बढी योगदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ३१ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त