चिनियाँ राजदूतको राजनीतिक सक्रियता, नेकपाका बरिष्ठ नेता नेपालपछि खनालसँग भेट | Khabarhub Khabarhub

चिनियाँ राजदूतको राजनीतिक सक्रियता, नेकपाका बरिष्ठ नेता नेपालपछि खनालसँग भेट


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिएका बेला चिनियाँ राजदूतले नेकपा शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छन् ।

दुईदिन अघि बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर छलफल गरेकी राजदूत होउ यान्छीले आज अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् । नेता खनाललाई भेट्न राजदूत यान्छी खनाल निवास डल्लु पुगेकी थिइन् ।

बिहान ९ बजेर १० मिनेटमा खनाल निवास पुगेकी उनी झण्डै एक घण्टा बसेर फर्किएकी थिइन ।

नेता खनाल र राजदूत यान्छीबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि पनि राजदूत यान्छीले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेकी थिइन ।

सत्तारुढभित्रको विवाद चर्किँदा चिनियाँ राजदूतले बढाएको राजनीतिक भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : १५ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन