७ जनामा कोरोना देखिएपछि शहीद गंगालाल हृदय केन्द्रको ओपिडी सेवा अनिश्चितकाललाई बन्द | Khabarhub Khabarhub

७ जनामा कोरोना देखिएपछि शहीद गंगालाल हृदय केन्द्रको ओपिडी सेवा अनिश्चितकाललाई बन्द


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।

कोरोना संक्रमण देखिएका सबै ७ जनालाई नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ३८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर