वन्यजन्तुको दुरूपयोग भए अझै घातक र धेरै महामारी आउन सक्छ : राष्ट्रसंघ | Khabarhub Khabarhub

वन्यजन्तुको दुरूपयोग भए अझै घातक र धेरै महामारी आउन सक्छ : राष्ट्रसंघ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन्यजन्तुको चोरी शिकार तथा दुरूपयोग हुँदै गए कोरोना भाइरसभन्दा घातक अरू धेरै खाले महामारी आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने चेतावनी संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले दिएका हुन्।

कोभिड-१९ जस्तो रोगको उदय हुनुमा जनावरको मासुप्रति मानिसहरूको आशक्ति, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको विज्ञहरूको ठहर छ ।

५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेकोसमेत राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच सन्तुलन हुनुपर्ने पनि बताएको बीबीसीले जनाएको छ।

बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ।

‘बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोना भाइरसजस्ता महामारी देखेका छौँ,’ राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन्।

गएको दुई दशकमा कोभिड-उन्नाइस भन्दा अगावै यस्ता रोगले एक सय अर्ब डलर बराबरको आर्थिक नोक्सानी गराइसकेका एन्डरसनको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ३८ बजे

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको