स्पेनिस ला लिगा : लेभान्टे र रियल सोसिडाडको खेल बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : लेभान्टे र रियल सोसिडाडको खेल बराबरी


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा लेभान्टे र रियल सोसिडाडको खेल एक-एक गोलको बराबरीमा सकिएको छ ।

लेभान्टेको घरेलु मैदानमा आइतबार राति भएको खेलमा १२औँ मिनेटमा इसाकको गोलमा रियलले अग्रता लिए पनि त्यो ४ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको १६औँ मिनेटमा लेभान्टेका मोरालिसले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । बराबरीसँगै दुबै टोलीले एक-एक अंक बाडेका छन् ।

बराबरीपछि पनि रियल ५१ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने लेभान्टे ४३ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर