कोरोना संक्रमण मुक्त भएर प्रदेश १ का १२ जना डिस्चार्ज | Khabarhub Khabarhub

कोरोना संक्रमण मुक्त भएर प्रदेश १ का १२ जना डिस्चार्ज


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – प्रदेश १ बाट थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबा६ डिस्चार्ज भएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । अस्पतालमा अब ८३ जना उपचारत छन् ।

शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम