१८ लाख रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा २ जना पक्राउ | Khabarhub Khabarhub

१८ लाख रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा २ जना पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलंगवा– सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित २ जना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त परिमाणमा स्रोत नखुलेको रकम फेला परेको हो ।

सशस्त्रको टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ५६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड