के लकडाउनपछि नेपालमा महामारीका कथामा फिल्म बन्लान् ? | Khabarhub Khabarhub

के लकडाउनपछि नेपालमा महामारीका कथामा फिल्म बन्लान् ?


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका कैयन् मेकरले महामारीका कथामा फिल्म बनाएका छन् । हलिउडमा महामारीले विश्व नै तहसनहस पारेको कथामा हजारौं फिल्म निर्माण भएका छन् ।

नेपालमा भने महामारीका कथामा कुनै पनि फिल्म निर्माण गरिएका छैनन् । नेपालमा बन्ने प्रायः फिल्म एक गाउँको कथा वरिपरि सकिन्छन् या कुनै शहरको कुनै कथामा अल्झिएका हुन्छन् ।

महामारीको भविष्यवाणी गरेर बनेका फिल्म नेपालमा छैनन् । लकडाउनका बेला महामारीले विश्व ध्वस्त पारिएका कथामा बनेका फिल्म खोजीखोजी हेरिएका छन् ।

अहिलेको विश्व पनि महामारीले गर्दा लकडाउनमा छन् । लकडाउन र क्वारेन्टाइनका कथामा पनि विश्वभर फिल्म बनेका छन् । नेपाली मेकरले भविष्यलाई कल्पना गरेर कुनै फिल्म निर्माण नगरे पनि अहिलेको अवस्थालाई कथानक बनाएर फिल्म निर्माण सक्ने आँकलन गर्न सकिन्छ ।

हुन त यसअघि पनि देशमा भएका ठूला घटनाक्रमलाई फिल्ममा कैद गर्ने प्रयास कुनै मेकरले पनि गर्न सकेका छैनन् । राजनैतिक परिवर्तन होस् या २०७२ को महाविनाशकारी भूकम्प । यी कुनै पनि फिल्ममा कथानक बनाइएको छैन ।

अहिलेको अवस्थामा लकडाउनले फिल्म क्षेत्रलाई पूर्ण रुप प्रभाव पारेका कारण कोरोना भाइरसको कथामा पनि फिल्म बन्नेछ कि भन्ने अनुमान भने गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : ५२ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका