तरकारी र दूध किसानलाई समय तालिका | Khabarhub Khabarhub

तरकारी र दूध किसानलाई समय तालिका


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाका दूध र तरकारी बेच्न किसानलाई सामाजिक दूरी कायम गर्दै बिहान ६ देखि ८ बजेसम्मको समय तोकिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले सुरक्षा समितिको बैठक बसी सबै नाका सिल गरी संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने भए पनि तरकारी र दूध किसानका लागि र प्रयोगकर्ताका लागि सामाजिक दूरी कायम गर्दै बिहान दुई घण्टाको समय निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख सदरमुकाममा तरकारी र दूध नगरभित्रका किसानले ल्याउने हुँदा उनीहरुको परिश्रम खेर जान नदिन र आम नागरिकलाई अति आवश्यक पर्ने भएकाले समय तालिका निर्धारण गरी सहजता ल्याइएको जानकारी दिए ।

तरकारी किसानका लागि जिल्लाभरि नै सामाजिक दूरी कायम गरी बिक्री वितरण गर्न सकिने पनि परिपत्र स्थानीय सरकारमार्फत जानकारी गराइएको छ ।

किसानलाई उनीहरूले उत्पादन गरेको तरकारी र दूध बिक्री गर्ने वातावरण मिलाएको प्रति किसान खुशी भएका छन् । किसानको उत्पादित तरकारी र दूध बिक्री गर्न नपाएमा उनीहरूको परिश्रम खेर जाने र उनीहरूको दैनिकीमा पनि समस्या आउने हुँदा स्थानीय प्रशासनको यो निर्णयबाट निकै खुशी भएका हुन् ।

अखिल नेपाल किसान सङ्घ दैलेखका अध्यक्ष चन्द्रबहादुर थापाले स्थानीय प्रशासनले किसानको मर्म बुझेर यो निर्णय गर्दा निकै खुशी लागेको बताए ।

सदरमुकाम रहेको नारायण नगरपालिका मात्र दैनिक लाखौँको तरकारी र दूध उत्पादन हुने र किसानको कृषि वस्तुमा रोक लगाएको भए लाखौँको नोक्सानी हुने अनि सदरमुकामवासी ती वस्तुको अभावमा बस्नुपर्ने अवस्था हुने भएकाले किसान र सबैका लागि यो निर्णय उचित भएको थापाले बताए ।

उनले सदरमुकाम मात्र दैनिक सयौँ लिटर दूध खपत हुने र सयौँ किलो तरकारी आवश्यक पर्ने भएकाले उपभोक्ताले हाहाकार बस्नुपर्ने र किसान लाखौँको नोक्सानीबाट जोगिने पनि बताए ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले एघार स्थानीय तह र ९० वडा रहेको दैलेखमा वार्षिक रु १५ करोडको तरकारी र दूध उत्पादन हुने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : १६ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।