एक महिनामा अमेरिकामा १७ लाख बढीको कोरोना परीक्षण | Khabarhub Khabarhub

एक महिनामा अमेरिकामा १७ लाख बढीको कोरोना परीक्षण


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक महिनाको अवधिमा १७ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिएको जनाएका छन् ।

मार्च ५ देखि अप्रिल ५ सम्म एक महिनाको अवधिमा १७ लाख बढीको कोरोना परीक्षण गरिएको उनले जानकारी दिएका हुन् । जसमध्ये ३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने – ‘हामीकहाँ कोरोना भाइरसका बढी केसहरु देखिएका छन् । किनभने हामीले धेरैको टेस्ट गरेका छौं । यत्तिकै घरमा बसे कतिलाई संक्रमण भएको थाहा हुँदैन । हामीले विश्वका कुनै पनि देशको भन्दा बढीमा टेस्ट गरेका छौं ।’

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ०३ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा