जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था | Khabarhub Khabarhub

जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।

“विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए ।

यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् ।

तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन । जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन् । यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन ।

विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए । यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए ।

घोषणाबाट टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र लगायत प्रभावित हुने जनाइएको छ । यो आपतकाल करिब एक महिनाका लागि हुनेछ ।

संक्रमण बढ्दै गएपछि तत्काल आपतकाल घोषणा गर्न सरकारमाथि चिकित्सा विशेषज्ञहरू सुझाव दिएका थिए । आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो । हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो ।

राजधानी टोकियोका चिकित्सकहरूले यस हप्ता शहर पहिले नै “गम्भीर अवस्था” मा रहेको र अस्पतालको क्षमता कम रहेको भन्दै चेतावनी दिएका थिए ।

यसैबीच प्रधानमन्त्री आबेले सोमबार १० खर्ब डलरको एक प्रोत्साहन प्याकेज घोषणा गरेका थिए ।  यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।

प्रस्तावित आर्थिक प्याकेजमा मार्चको अन्त्यसम्ममा करिब २० लाख मानिसलाई फ्लुसँग सम्बन्धित औषधि (एभिजान) खरिद गर्न पनि प्रयोग गरिनेछ । अनुसन्धानमा यो औषधि कोविड–१९ को उपचारमा निकै उपयोगी हुने देखिएको छ ।

साथै, कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका प्रत्येक परिवारलाई करिब २ हजार ८०० अमेरिकी डलर उपलब्ध गराउन पनि उक्त आर्थिक प्याकेजबाट खर्च हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ५० बजे

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि