बेरोजगार बनेका आप्रवासी कामदारलाई स्वदेश फर्काउने ओमानको तयारी | Khabarhub Khabarhub

बेरोजगार बनेका आप्रवासी कामदारलाई स्वदेश फर्काउने ओमानको तयारी


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमनले विदेशी कामदारहरुलाई आफ्नै देशमा फर्काउने प्रकिया सुरू गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि अहिलेसम्म गरिएका प्रयास पर्याप्त नभएको ठहर गर्दै ओमानको परराष्ट्र मन्त्रालयले विदेशी कामदारलाई आफ्नै देश फर्किनका लागि सहज वातावरण बनाउने तयारी सुरू गरेको हो ।

मन्त्रालयले प्रवासी कामदारको कुनै पनि अधिकार हनन् नहुने गरी स्वदेश फर्काउनेतर्फ प्रयास सुरु गरिएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सबै उडान बन्द गरेर  कर्फ्यू लगाएको ओमानले बेरोजगार बनेका विदेशी कामदारलाई उनीहरुकै देशमा फर्काउन सहजिकरण गर्ने जनाएको हो ।

तर त्यसका लागि के/के गरिन्छ भन्नेबारे केही पनि खुलाइएको छैन । ओमानमा अहिलेसम्म कोरोना भाइरसले २ जनाको मृत्यु भएको छ भने ३७१ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : १४ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ